शिक्षक महासंघले आइतबार गर्ने प्रदर्शनको समय सारेको छ ।
यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म गर्दै माइतीघर-बानेश्वर सडकखण्डमा प्रदर्शन गर्दै आएको महासंघले आइतबार भने बिहान ९ बजेदेखि १२ बजेसम्म गर्ने भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि महासंघले आफ्नो प्रदर्शनको समय सारेको हो ।
Advertisement
आन्दोलन परिचालन कमिटीका संयोजक एवं महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार सम्भावित परिस्थितिलाई ख्याल गरेर आन्दोलनको समय सारिएको हो ।
शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर-बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले आन्दोलन जारी राखेका छन् ।







