त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिको जिम्मेवारी प्रा.डा.खड्ग केसीले पाएका छन् ।
प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष केसीलाई बढीमा तीन महिनाका लागि काम गर्ने गरी जिम्मेवारी तोकेका हुन् ।
उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गएको चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई जिम्मेवारी तोकिएको हो ।
Advertisement
विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले दिएको राजीनामा गएको चैत २८ गते स्वीकृत भएको थियो ।







