झापा । झापाका बिभिन्न स्थानबाट सवारी साधन चोरी गर्ने ७ जना पक्राउ परेका छन् ।
बिर्तामोड , अर्जुनधारा र कन्काईबाट बिभिन्न समयमा सर्वसाधारणको सवारी साधन चोरी पर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनीक गरेको हो ।
यसरी पक्राउ पर्नेहरुमा ईलाम माई नगरपालिका २ का २२ बर्षीय रोशन तामाङ , सोहि स्थानका रोशन बुढाथोकि , माई नगरपालिका ६ का २० बर्षीय रोशन गीरी , सोहि स्थानका ३० बर्षीय राजेश गीरी , २० बर्षीय मनिष गीरी , पाँचथर फल्गुनन्द ३ हाल बिर्तामोड ५ बस्ने २१ बर्षीय पासाङ तामाङ र ताप्लेजुङ सिदिङवा ४ का सन्दिप लिम्बु रहेका छन् ।
Advertisement
प्रहरीले उनीहरुको साथबाट बिभिन्न समयमा चोरी गरेका मोटरसाईकल र स्कुटर बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि जिल्ला अदालतबाट चोरीजन्य कसुरमा म्याद थप भई अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







