कार्यवाहक प्रधानमन्त्रीले आज बोलाएको वार्तामा शिक्षक महासङ्घका प्रतिनिधि गएनन् ।
आन्दोलनरत शिक्षक महासङ्घका प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसहितको टोलीले छलफल गर्न आज दिउँसोका लागि सिंहदरबारमा बोलाएको थियो ।
आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीले सरकारले बोलाए पनि आफूहरू आन्दोलनमै रहेको बताइन् ।
Advertisement
बिहीबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै सरकारी टोलीले महासङ्घलाई छलफलका लागि बोलाएको हो ।







