• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोसी प्रदेश अध्यक्षमा रोम घिमिरे


  •    संवाददाता/ सोमबार, चैत १०, २०८१  

  • १० चैत, मोरङ । लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोसी प्रदेश  अध्यक्षमा रोम घिमिरे सर्वसम्मत चयन  भएका छन् ।

    मोरङको विराटचोक स्थित इन्द्रपुर जेसिसको सभाहलमा हिजो सम्पन्न प्रथम अधिवेशनबाट उनी  अध्यक्षमा चयन भएका हुन्।  घिमिरे प्रतिष्ठानको  तदर्थ समिति अध्यक्ष समेत रहेका थिए।

    Advertisement

    प्रतिष्ठानको प्रवक्तामा सदस्य निश्चल आचार्यलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष  सरोज आचार्य, प्रथम उपाध्यक्ष बोधराज पौडेल, द्वितीय उपाध्यक्ष मिलन दुलाल, महिला उपाध्यक्ष सरिता राना मगर, सचिव सुशील भट्टराई महिला सचिव शकुन्तला कार्की, सहसचिव डम्बरबहादुर घिमिरे, सहसचिव रवि किरण लिम्बु कोषाध्यक्ष टिकादेवी दाहाल, सह कोषाध्यक्ष तोयानाथ भट्टराई सर्वसहमत चयन भएका छन्।

    Advertisement

    यसैगरी सदस्यमा  राम नेपाली, शिव नेपाल, दुलहरी घतानी, भोलामान गुरुङ, गङ्गा गौतम, शान्ता तिम्सिना, तेजेन्द्र गन्धर्व, शिवराज भट्टराई सर्वसम्मत चयन भएका छन् ।

     

    

    लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समितिका अध्यक्ष रोम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यता रहेको थियो।  उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रिता थापा मगर। सांगठनिक विभाग प्रमुख सुबास के सी महासचिव शिव हमाल  लगायतले शुभकामना मन्तव्य सँगै आफ्ना चर्चित गीतहरू गाएर दर्शकहरूलाई नचाएका थिए।

    कार्यक्रममा प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य देवी दुलाल वर्तमान कार्यसमितिका केन्द्रीय  सदस्य रमेश आचार्य लगायतको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा  लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्षहरू जिल्लाबाट छनोट भएर आउनुभएका प्रतिनिधिहरू र बाक्लो सङ्ख्यामा गीतसगीत प्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो।

    उद्घाटन कार्यक्रममा प्रतिष्ठान कोशी प्रदेशकी कोषाध्यक्ष टिकादेवी दाहालले स्वागत गरेकि थिइन् कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोशी प्रदेश सचिव सुशील भट्टराईले  गरेका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.