नेपाल राष्ट्रिय शिक्षक संगठन झापाको अध्यक्षमा लम्बोदर पौडेल निर्वाचित भएका छन् ।
संगठनको १४ औं जिल्ला अधिवेशनबाट पौडेल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा तीर्थ कोइराला, नवीन ढुंगाना र सचिवमा उमनाथ भण्डारी निर्वाचित भएका छन् ।
Advertisement
त्यसैगरी कोषाध्यक्षमा चन्द्रविनोद कोइराला, सहसचिवमा देवीमाया अधिकारी र सहकोषाध्यक्षमा अनिता कटवाल चयन भएका हुन् ।







