झापाको बिर्तामोडमा अवस्थित कनकाई आदर्श क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनमा नेविसंघको प्यानल नै निर्वाचित भएको छ ।
निर्वाचनको अन्तिम परिणामअनुसार सभापतिमा पुन: किरण गुरुङ निर्वाचित भएका हुन् ।
सभापतिमा नेविसंघका उम्मेदवार गुरुङ ४७५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । ५८० मत खसेकोमा सभापति गुरुङले ४७५ मत प्राप्त गरेका थिए ।
Advertisement
यस्तै सचिवमा मनिस कोइराला ४७६ र कोषाध्यक्षमा मेघा चबेगु लिम्बू ३३५ मतसहित विजयी भएका छन् ।
त्यसैगरी सदस्यहरुमा उपेन ढुंगाना, नियोग पोख्रेल, पशुपति भण्डारी, निश्चल शाह, आशिष कोइराला, निशान लिम्बु र अमिशा सुवेदी निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । ।







