पछिल्लो समय सामाजिक संजाल धेरैको प्रतिभालाई उजागर गर्ने प्लेटफर्म बन्दै गइरहेको छ ।
यसैबीच झापाको मेचीनगर नगरपालिका वडा नं.९ धुलाबारीमा अवस्थित होलिबेल अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी आविष्कार राउतको भाषणले यतिबेला सर्वत्र चर्चा बटुलेको छ ।
विद्यालयमा कक्षा १० मा अध्ययनरत राउतको भाषणलाई कसैले डोनाल्ड ट्रम्प र कतिले एडल्फ हिटलरसँग तुलना गरेका छन् ।
Advertisement
विद्यालयको २४ वार्षिकोत्सवको अवसरमा उनले दिएको अंग्रेजी भाषणलाई करिब २४ घण्टाबाट सामाजिक संजालमा लाखौंले विभिन्न माध्यमबाट हेरेर आ-आफ्ना प्रतिक्रिया दिइरहेका छन् ।
शान्ति समाज बाल क्लबका उपाध्यक्ष समेत रहेका राउतले भ्रष्टाचारले देश सकेको र अब युवाहरु जागेर राष्ट्र बचाउनु पर्छ भनेर आफ्नो तर्क प्रस्तुत गरेका थिए ।







