सरस्वती वडा बाल संजालले सुनिश्चित बालमैत्री बानी व्यवहार सुखी र समृद्ध कनकाईको आधार नारामा प्यानल छलफलसहित बाल संजाल पुर्न गठन कार्यक्रम सम्पन्न गरेको छ ।
वडा बाल संजालका अध्यक्ष तथा कनकाई नगर बाल संजाल सचिव रिजन तिम्सिनाको अध्यक्षता तथा ७ नम्बर वडाका कार्यबाहक वडाध्यक्ष निर्मल आङ्थुप्पोको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कनकाई नगर बाल कल्याण अधिकारी उमानाथ ढकाल, बालमैत्री सम्पर्क ब्यक्ती जमुना कद्वाल, फक्तालुङ एजुकेसन फाउन्डेसन प्रधानाध्यापक ओम बिक्रम नेम्वाङ, भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक चण्डीकाप्रसाद उपाध्याय प्यानललिस्ट रहेका थिए । कार्यक्रममा बालबालिकाहरुले बालमैत्री, बाल अधिकारका क्षेत्रमा विभिन्न जिज्ञासा राखेका थिए ।
उक्त अवसरमा अम्बिका गोस्वामीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा निरज सुवेदी, सचिवमा विकास महत्तरा, सहसचिवमा आयुशा बस्नेत र कोषाध्यक्षमा सिखा सेन्चुरी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमश दिपमला लामिछाने, आरोही पोखेल, बिकिसा प्रधान, प्रतिज घिमिरे, कुसुम घिमिरे र स्वोस्तिका ढकाल निर्वाचित भएका छन ।







