• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


  •    संवाददाता/ शनिबार, फागुन २४, २०८१  

  • राष्ट्रिय खेलकुद परिषदको तत्वावधान र झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

    भद्रपुरस्थित मेची रंगशालामा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’को अध्यक्षतामा आयोजित समारोहका बीच कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेका थिए ।

    Advertisement

    मन्त्री मण्डलले खेलकुदलाई पर्यटनसँग जोड्नुपर्ने बताउँदै खेल पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले योजना बनाउने उल्लेख गरे । उनले प्रतियोगिताको सबै विधाका खेलको छुट्टाछुट्टै शुभारम्भ गरेका थिए ।

    Advertisement

    उद्घाटन समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले राष्ट्रपति रनिङ शिल्ड खेलकुदको पहिलो खुड्किलो भएको बताउँदै यसले खेलाडीहरुलाई अगाडि बढ्न सहयोग पुर्याउने बताए ।

    समितिका सदस्य चेतामणि खनाल र कराते प्रशिक्षक दुर्गाराज निरौलाले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा अध्यक्ष भण्डारीले सरकारका कुनै पनि निकायबाट हालसम्म बजेट विनियोजन नभए पनि निजी क्षेत्र र दाताहरुको सहयोगमा झापामा प्रतियोगिता सञ्चालन गरिएको बताउँदै प्रतियोगिताका लागि बजेट निकासा गरिदिन सरोकारवाला सकारी निकायलाई आग्रह गरेका छन् ।

    प्रतियोगितामा झापाका १५ वटै स्थानीय तहको सहभागिता रहेको छ । माध्यमिक तहमा अध्ययनरत १४ देखि १८ वर्षसम्मका करिब दुई हजार खेलाडीले ६ वटा विधामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता उद्घाटन समारोहमा सबै विद्यालयका खेलाडीहरुले मार्चपास गरेका थिए भने उसु खेलको प्रदर्शनी गरिएको थियो ।

    प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ । यस वर्ष राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्स (छात्र-छात्रा), भलिबल (छात्र-छात्रा), कबड्डी (छात्र-छात्रा), कराते (छात्र-छात्रा), तेक्वान्दो (छात्र-छात्रा) र उसु (छात्र-छात्रा) खेल समावेश रहेको झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव विष्णुकुमार नेम्बाङले जानकारी दिए ।

    पहिलो दिन सबै विधाका खेल सञ्चालन भए पनि एथलेटिक्स र करातेको कातातर्फको फाइनल चरणका खेल सम्पन्न भएको झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन कार्की ‘दुर्वासा’ले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.