• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

परीक्षा आयो तर विद्यार्थीले पाएनन् पुस्तक


  •    संवाददाता/ बुधबार, फागुन २१, २०८१  

  • परीक्षाको मिति नजिकिएको छ तर मेचीनगरका विद्यार्थीले पुस्तक भने अझै पाएका छैनन् । शैक्षिक सत्रको अन्तिम परीक्षा यहि चैत ७ गतेदेखि सुरु हुदैँछ । पाठ्यपुस्तक नपाउँदा विद्यार्थी के पढ्ने, कसरी परीक्षा दिने भन्ने अन्यौलमा छन् । शिक्षकले पढाएको कुरालाई मात्र विद्यालयमा बुझेर उपलब्धी हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो छ ।

    मेचीनगर नगरपालिकाले पाठ्यपुस्तक बनाएर विद्यालयमा पु¥याउन नसक्दा शिक्षकले पढाएका आधारमा मात्र कसरी परीक्षामा राम्रो अङ्क ल्याउन सकिन्छ भन्ने चिन्तामा विद्यार्थीहरू रहेका छन् ।

    Advertisement

    झापाको मेचीनगर नगरपालिका भित्र अध्ययन गर्ने हजारौं विद्यार्थीहरुको शैक्षिक हकसम्बन्धीको अधिकार माथि सम्बन्धित निकायले नै गम्भीर खेलबाड गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा अनिवार्य स्थानीय पाठ्यक्रम बनाएर पुस्तक छाप्नुपर्ने उल्लेख छ । ऐन अनुसार स्थानीय पाठ्यक्रम तयारी भएर पनि समयमा पुस्तक तयार हुन नसक्दा परीक्षाको मुखमा पनि विद्यार्थीले पुस्तक देख्न पाएका छैनन् ।

    Advertisement

    शैक्षिक सत्रको अन्तिम परीक्षाको समय तालिका सार्वजनिक भइसक्दा पनि मेचीनगरका विद्यार्थीहरुले ‘हाम्रो मेचीनगर’ नामक पुस्तक पाएका छैनन् । नगर शिक्षा शाखाले नगरका प्रत्येक विद्यालयमा अनिवार्य विषयका रुपमा अध्यापन गराउने गरि सुचारु गरेको उक्त पुस्तक नै विद्यार्थीहरुले हालसम्म पनि पाएका छैनन् । प्रतिनिधि मुलक ढङ्गले शिक्षा शाखाले केही स्कुलमा मात्रै पुस्तक पठाएको छ जुन विद्यार्थीका लागि पर्याप्त छैन ।

    मेचीनगरको एक विद्यालयका सञ्चालकसगँ यस विषयमा कुराकानी गर्दा उनले यो नगर शिक्षा शाखाको लापरबाहीले विद्यार्थीहरुको भविष्यमाथि खेलबाड भइरहेको र विद्यार्थीहरुले किनेर पढ्छु भन्दा पनि पुस्तक नपाइएको गुनासो गरेका छन् ।

    नगरकै अर्को माध्यमिक विद्यालयका प्रध्यानाध्यापकले शिक्षा शाखाले पुस्तक छपाउन नसक्ने भए विद्यार्थीहरुले बजारमा किनेर पढ्न पाउने गरीको व्यवस्था गरिनुपर्ने तर विद्यार्थीको भविष्य अन्योल बनाउन नहुने बताए ।

    यस विषयमा एक विषयगत शिक्षकसँग हामीले जिज्ञासा राख्दा पुस्तक अभावका कारण विद्यार्थीहरुलाई होमवर्क गराउन तथा कक्षा कोठामा पढाउन समेत असहज भएको बताए । विद्यार्थीहरुलाई समयमा पुस्तक उपलब्ध नहुँदा विद्यार्थी र शिक्षकलाई नै असहज भएको उनले बताएका छन् ।

    यता मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले कक्षा १ देखि ८ सम्म ‘हाम्रो मेचीनगर’ भन्ने पुस्तक पढाइँदै आएको र विगतका वर्षहरूमा बजेट अभाव भएको कारण पुस्तक छाप्न नसकिएको बताए ।

    भण्डारीका अनुसार अहिले कक्षा ४ र ५ का विद्यार्थीलाई पुस्तक उपलब्ध गराइएको छ । तर अन्य कक्षाका अन्तिम परीक्षाको समय तालिका सार्वजनिक भइसक्दा पनि पुस्तक पाएका छैनन् ।

    विद्यार्थीहरुले पुस्तक नपाएपनि विद्यालयका विषयगत शिक्षकहरुलाई ‘हाम्रो मेचीनगर’ भन्ने पाठ्यपुस्तक पढाउने तरिका, सामाग्री खोजी गर्ने तरिकाहरु सिकाइएको र विद्यार्थीहरुमा समेत अरु विषयमा भन्दा यो विषयमा सिकाइ बढोत्तरी भएको र राम्रो भएको अनुभव रहेको भण्डारीले बताएका हुन् ।

    विद्यार्थीहरुले यो वर्ष किताब पाउने सम्भावना समेत नरहेको बुझिएको छ । पुस्तक लेखन तथा तयारीका कामहरु नसकिएको कारण अघिल्लो वर्ष पुस्तक नछापिएको र अब निजी कम्पनिहरुसँग सहकार्य गरेर निजी विद्यालयको लागि अरु पाठ्यपुस्तक जस्तै खरिद गर्नुपर्ने गरि र सामुदायिक विद्यालयहरुका लागि नि:शुल्क उपलब्ध हुने गरि तयारी गरिने भण्डारीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.