• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रास्वपा झापाका सभापति खरेलले दिए राजीनामा


  •    संवाददाता/ बुधबार, फागुन २१, २०८१  

  • जिल्ला समितिबाट निलम्बनको सिफारिस भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका सभापति उमेश खरेलले पदबाट राजीनामा दिएका छन् ।

    सभापति खरेलविरुद्ध कार्यकर्ताले नै नैतिक चरित्र र आर्थिक अनियमिततासम्बन्धी उजुरी दिएका थिए भने त्यस उजुरीलाई जिल्ला समितिले केन्द्रीय समितिमा पठाएको थियो । केन्द्रीय समितिमा राजीनामा दिएको कुरा जिल्ला सभापति खरेलले पुष्टि गरेका छन् ।

    Advertisement

    ‘मैले केन्द्रीय समितिमा राजीनामा पठाएको छु ’ उनले भने,‘ तर केन्द्रीय समितिले स्वीकृत गरिसकेको छैन ।’ एकपक्षीय रुपमा आफूमाथि लागेको आरोपका बारेमा रास्वपाको अनुशासन आयोगले छानबिन गरिरहेको उनले जानकारी दिए । उनले त्यस बारेमा धेरै बोल्न चाहेनन् । रास्वपाको जिल्ला समितिले खरेललाई कारबाहीका लागि पार्टीको केन्द्रीय समितिमा सिफारिस गरेसँगै उनले पदबाट राजीनामा दिएको बताइएको छ ।

    Advertisement

    केही साताअघि रास्वपा झापाका सभापति खरेलबिरुद्ध पार्टीकै कार्यकर्ताले चरित्रमाथि प्रश्न उठाउँदै पार्टीमा उजुरी दिएका थिए । कारबाही नगरे आफ्ना कुरा मिडियामार्फत सार्वजनिक गर्ने भनेर उजुरीकर्ताले भनेपछि जिल्ला समितिले आफ्नै सभापति खरेललाई कारबाहीको लागि केन्द्रमा सिफारिस पठाएको थियो ।

    रास्वपाका एक केन्द्रीय नेताका अनुसार खरेलमाथि आर्थिक अपचलन र नैतिक चरित्रमा प्रश्न उठाउँदै जिल्ला समितिले तत्काल निलम्बन गरी थप कारबाही अघि बढाउन पत्रमा लेखिएको छ । ‘उहाँको आर्थिक र नैतिक (चारित्रिक) सँग पनि जोडिएको विषय छ,’ ती नेताले भने ।

    आर्थिक र चारित्रिक विषयमा गम्भीर कुरा उठाएर तत्काल हटाउन माग गर्दै कोशी प्रदेश हुँदै केन्द्रीय कार्यालयमा पत्र आएको रास्वपाका एक सांसदले पनि पुष्टि गरेका छन् ।

    आइतबार पत्र आएपछि रास्वपाको अनुशासन आयोगले यससम्बन्धी छानबिन गरिरहेको छ। पत्र प्राप्त भएपछि कार्यवाहक सभापति डीपी अर्यालले अनुशासन आयोगमा पठाएका थिए ।

    खरेल रास्वपा झापाका संस्थापक जिल्ला सभापति हुन् । उनी २०७९ असारमा पार्टी स्थापनासँगै सभापति चयन भएका थिए । खरेललाई नजिकबाट चिन्ने रास्वपाका नेताका अनुसार उनका विषयमा यसअघि पनि आर्थिक र चारित्रिक विषयमा पार्टीभित्र प्रश्न उठ्दै आएको थियो । तर, उनले सुध्रिने वाचा गरेपछि पटकपटक छुट पाउँदै आएका थिए ।

    ‘तर, यसपालि छुट दिनु हुँदैन भनेर जोडदार रूपमा कुरा उठेको छ,’ ती नेताले भने, ‘यस्ता कुरामा छुट दिँदै जाने हो भने पार्टीमा अराजकता मौलाउँछ ।’ यसपटक गम्भीर समस्या दोहोरिएको भन्दै उनलाई तत्काल निलम्बन गर्न झापा जिल्ला समितिका सबै जना एकै ठाउँमा उभिएको जानकारी पनि ती नेताले दिए ।

    ‘उहाँको बारेमा यसअघि पनि गुनासो आएको थियो तर, सुध्रिन्छु भनेपछि फेरि नेतृत्वमै रहनुभयो,’ कार्यवाहक सभापति डीपी अर्याल निकट अर्का नेताले भने, ‘फेरि त्यही व्यवहार दोहोर्याइरहेपछि साथीहरूले अति भएर निलम्बन गर्न कार्यवाहक सभापतिलाई पत्र पठाउनुभएछ ।’

    गम्भीर समस्या रहेका व्यक्तिलाई अब कुनै हालतमा जोगाउनुहुँदैन भनेर पार्टी केन्द्रमा दबाब परिरहेको उनको भनाइ छ। उनका अनुसार, यसपालि पनि जोगाइएमा पार्टीमा ठूलै विद्रोह हुने र झापाका १५ वटै पालिका सभापतिले राजीनामा तयार पारेको जानकारी पनि केन्द्रलाई गरिएको छ ।

    ‘यदि उमेशजीलाई कारबाही नगरी जोगाइयो भने जिल्लाका १५ वटा पालिका सभापतिले राजीनामा दिने भनेर पत्र लेखेर राख्नुभएको छ,’ उनले भने ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.