झापा । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाई तथा अर्जुनधारा ९ का वडाध्यक्ष पुस्प प्रसाई लाई मातृशोक परेको छ ।
प्रसाईकी ममतामयी आमा गंगा प्रसाईको गएराति साढे १० बजे निधन भएको हो ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईकी सासूआमा प्रसाईको ८३ बर्षको उमेरमा अर्जुनधारा–९ बाह्रघरेमा निधन भएको हो ।
Advertisement
जिब्रोमा समस्या देखिएपछि उपचाररत उहाँको गएराती निधन भएको परिवारले जनाएको छ । उहाँको आजै कनकाई माईमा दाहसंस्कार गरिएको छ । स्वर्गीय प्रसाईं श्रीमानका साथ छोरा पुस्प प्रसाईं संग बस्दै आउनु भएको थियो।







