मोरङ-नेकपा माओवादी केन्द्रकाे दबावमा मोरङको कानेपोखरी क्षेत्रका केही विद्यालय बन्द गराइएको छ । माओवादीले आयोजना गरेको खबरदारी सभाका लागि ती विद्यालय बन्द गराइएका हुन् ।
तराई मधेस जागरण अभियान अन्तर्गत मङ्गलबार मोरङको कानेपोखरी क्षेत्रमा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमका लागि स्थानीय चारवटा विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको हो ।
माओवादी केन्द्र कानेपोखरीले ती विद्यालयलाई पत्र पठाएर पठनपाठन बन्द गर्न भनेको छ । माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउन्ट हर्मोन एकेडेमी र जेनेथ इङ्लिस बोर्डिङ स्कूललाई पत्र पठाएको छ ।
Advertisement
पार्टीको गाउँ कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथिमा जनसभा आयोजना गरेकाले विद्यालय बन्द गर्न आग्रह गरिएको बताए ।







