बुद्ध स्मृति एजुकेशन फाउण्डेशनले २९ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालय परिसरमा विहीवार र शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । २०५३ सालमा स्थापना भएको विद्यालयले वार्षिकोत्सको अवसर पारेर शैक्षिक र खेलकुद क्षेत्रमा अब्बल विद्यार्थीलाई पुरस्कृत समेत गरेको छ ।
विभिन्न सांस्कृतिक प्रस्तुतिका साथ मनाइएको वार्षिकोत्सव कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्सालले कार्यक्रमको उद्घाटन गर्दै शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका संस्थापक कमला विमली पाठकको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक गतिविधिका विषयमा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण पाठकले प्रकाश पारेका थिए ।
शिक्षक सवनम कार्कीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा अभिभावकबीच समेत प्रतिष्पर्धात्मक गेम खेलाइएको थियो भने विद्यार्थीले योगा डान्स, फेसन डान्स सहितका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन शिक्षक गीता रेग्मी र विद्यार्थीहरु सिम्रन कार्की तथा वर्षा नेपालीले गरेका थिए ।







