• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाको तीन पालिकामा शिक्षक संघको प्रतिनिधि सभा, उत्कृष्ट शिक्षक सम्मानित


  •    संवाददाता/ शनिबार, फागुन ०३, २०८१  

  • नेपाल शिक्षक संघ झापा गाउँपालिकाको प्रतिनिधि सभा सम्पन्न भएको छ ।

    नेपाल शिक्षक संघ झापाका अध्यक्ष रोहित पोद्वारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया रहेकी थिइन् ।

    Advertisement

    कार्यक्रममा क्षेत्रीय सभापति जयनारायण शाह, नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोयानाथ दाहाल, वडा नं.७ का वडाध्यक्ष सखिचन्द्र ठाकुर, नेपाली कांग्रेस झापा गाउँपालिका सभापति सागिरथ गणेश, नेपाल शिक्षक संघ झापा सचिव देवेन्द्रचन्द्र सिङ्ग राजवंशी, नेपाल शिक्षक महासङ्घ झापा अध्यक्ष जगन्नाथ राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    उक्त कार्यक्रममा सेवानिवृत्त शिक्षकहरु घनश्याममणि त्रिपाठी, महेन्द्र प्रसाईं, भुमितप्रसाद गणेश, चन्द्र उप्रेती, शिवशंकर मण्डललाई सम्मानसहित बिदाई गरिएको थियो भने उत्कृष्ट सांगठनिक कृयाशिलता सम्मानद्वारा शिक्षक दोय उदय चन्द्र भण्डारी र कुन्तीकुमारी गणेशलाई सम्मानित गरिएको थियो ।

    शिक्षक रञ्जु पोख्रेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको ससञ्चालन सचिव लोचन यादवले गरेका थिए ।

    त्यस्तै नेपाल शिक्षक संघ मेचीनगरले समेत आफ्नो प्रतिनिधि सभा सम्पन्न गरेको छ ।

    नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेपाल शिक्षक महासंघ बिर्तामोड र मेचीनगरका अध्यक्ष दोय युवराज कट्टेल र होमराज ढकाल, नेपाल शिक्षक संघ कोशी प्रदेश सदस्य निर्मला आन्दाङ्गवे, लिलाप्रसाद भण्डारी, प्रदेश प्रतिनिधि लेखनाथ पौडेल, धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुईटेल लगायतको उपस्थिति रहेको थियो ।

    अवकाश प्राप्त शिक्षकहरुलाई दोसल्ला ओढाई सम्मान सहित सम्मान पत्रद्वारा सम्मानित गरिएको कार्यक्रम अध्यक्ष, सचिव तथा कोषाध्यक्षको प्रतिवेदन छलफल सहित पारित गरिएको थियो ।

    त्यसैगरी नेपाल शिक्षक संघ कन्काईको प्रतिनिधि सभा आदर्श विद्या मन्दिर घैलाडुव्वामा सम्पन्न भएको छ ।

    शिक्षक संघ कन्काईका सभापति सुशील कुमार श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा उत्कृष्ट बाल शिक्षक रुपमा टीकामाया गिरी र उत्कृष्ट शिक्षकको रुपमा पशुपति आधारभुत विद्यालयका प्रधानाध्यापक खेमबहादुर कार्कीलाई प्रमुख अतिथि कन्काई नगरपालिका उपप्रमुख आशा शर्माद्वारा सम्मानित गरिएको थियो ।

    उक्त कार्यक्रममा नेपाल शिक्षक महासंघका संघिय प्रतिनिधि धर्मानन्द निरौला, नेपाल शिक्षक संघ संघिय प्रतिनिधि चित्रकला ओली, कोशी प्रदेश सदस्य भरत भट्टराई, जिल्ला उपाध्यक्ष तथा सहसचिव कुमार खतिवडा र मनकुमार योङ्गहाङ्ग, आदर्श विद्यामन्दिर घैलाडुव्वाका प्रधानाध्यापक नरहरी न्यौपाने लगायतको उपस्थित रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.