झापाको मेचीनगर-९ धुलाबारी खुट्टेडाँगीमा रहेको हिमालयन इङ्लिस हाई स्कुलको नाम परिवर्तन गरिएको छ ।
वि.सं.२०४९ सालमा स्थापित यस स्कुलको नाम परिवर्तन गरी ल्होत्से इङ्लिस स्कुल राखिएको हो । यसै शैक्षिक सत्र देखि स्कुलको नाम परिवर्तन गरी ल्होत्से राखिएको प्रधानाध्यापक कमल नेपालले जानकारी दिए ।
प्रधानाध्यापक नेपालले संसारको चौथो अग्लो हिमाल तथा नेपालको तेस्रो अग्लो हिमाल कम चर्चामा रहेको ल्होत्से हिमालको बारेमा व्यापक जानकारी होस भन्ने अभिप्रायले यस स्कुलको नाम ल्होत्से राखिएको बताए । विद्यालयले विद्यार्थीहरुको चौतर्फी विकासका लागि शैक्षिक क्रियाकलापका साथै विविद्य अतिरिक्त क्रियाकलापमा नानीहरुलाई सहभागी गराउदै आएको छ
गायन, नृत्य, संगीत, वाद्यवादन, चित्रकला तथा खेलकुदका विशेष कक्षाहरु सञ्चालन रहेको यस विद्यालयमा हाल वार्षिक खेलकुद सप्ताह कार्यक्रम २०८१ जारी रहेको छ । अन्तर सदनात्मक भलिबल, फुटबल, क्रिकेट, टेबल टेनिस तथा एथ्लेटिक्सका खेलहरु सञ्चालन भइरहेको तथा फाइनल खेल तथा समापन समारोह फाल्गुण ३ गते रहेको विद्यालयका निर्देशक धनराज थापाले बताएका छन् ।







