झापाको मेचीनगर-१२ सहरेडाँगीमा अवस्थित युनिक अङ्ग्रेजी बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव विविध कार्यक्रमका बीच शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा नर्सरीदेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य र गीत प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्की रहेका थिए ।
संस्थापक प्रिन्सिपल बिष्णुप्रसाद रिमालले विद्यालयको अवस्था र आगामी दिनमा प्राविधिमैत्री शिक्षाको रूपमा विकास गर्ने विद्यालयको योजना रहेको बताए । २०६१ सालदेखि सञ्चालित युनिक अङ्ग्रेजी बोर्डिङ स्कुलले एक दशक वर्षयता मावि कक्षा सञ्चालनमा ल्याएको छ । मन्टेश्वरी कक्षादेखि खेल मैदानसहित अतिरिक्त नृत्य, गायन तथा विभिन्न बिधाका खेलका कक्षाहरु सञ्चालनमा ल्याएको छ ।
विद्यार्थी चुनौती रिमालले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्व शिक्षक सन्जय निरौलाले गरेका थिए ।







