झापाको बिर्तामोड-३ मा अवस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति सदस्य र पि.टि.ए अध्यक्ष चयन गरिएको छ ।
आज भएको अभिभावक भेलाले चार जनालाई सर्वसम्मत विद्यालय व्यवस्थापन समिति सदस्यमा चयन गरेको हो । यसरी चयन हुनेहरुमा श्री प्रसाद न्यौपाने, मोनिका माझी, पार्वता कार्की र रेणुका पाण्डे रहेको बिर्तामोड-३ का वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए ।
त्यस्तै पि.टि.ए अध्यक्षमा यामप्रसाद भट्टराई चयन भएका छन् भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक खड्ग प्रसाई रहेका छन् ।
Advertisement







