• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महारानीगञ्ज माविको वार्षिकोत्सवमा विविध कार्यक्रम


  •    संवाददाता/ बिहिबार, माघ २४, २०८१  

  • झापाको अर्जुनधारा-११ सालबारीस्थित महारानीगञ्ज माध्यमिक विद्यालयले ६७औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजन गरेको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाको अध्यक्षतामा बुधबारदेखि तीन सुरु दिवसीय कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले उद्घाटन गरेकी थिइन् ।

    Advertisement

    कार्यक्रम अन्तरगत पहिलो दिन सदनस्तरिय खेलकुद प्रतियोगिता, दोस्रो दिन सदनस्तरिय सांस्कृतिक, साहित्यिक तथा हाजिरीजवाफ प्रतियोगिता र तेस्रो दिन विद्यालयमा जारी दोस्रो कृष्णप्रसाद डाँगी स्मृति नगरस्तरिय अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनल खेल हुने प्रधानाध्यापक मनबहादुर लिम्बूले जानकारी दिए ।

    Advertisement

    त्यसैगरी कार्यक्रममा विद्यालय प्राङ्गणमा निर्माण हुने मञ्च निर्माण स्थलमा भूमिपुजन गरिएको थियो । उक्त मञ्च निर्माण गर्न प्रारम्भिक चरणमा अर्जुनधारा नगरपालिकाबाट तीन लाख रुपैयाँ बजेट विनियोजन भएको बताइएको छ ।

    सोही कार्यक्रममा शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष प्रेमराज इङनाम, सदस्य इन्दिरा गिरी र पूर्व शिक्षक खगेन्द्र चौहनलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

    त्यस्तै कार्यक्रममा विद्यालयले प्रत्येक वर्ष प्रदान गर्ने सूर्य-देवी उत्कृष्ट शिक्षा पुरस्कार-२०८०बाट कक्षा-५ का छात्र सौगात गौतमलाई पुरस्कृत गरिएको थियो । विपन्न तथा जेहेन्दार एक जना विद्यार्थीलाई सम्मान पत्रसहित नगद पुरस्कार तीन हजार एक सय राशी रहेको उक्त पुरस्कार सर्यप्रसादंदेवी भट्टराई दम्पत्ती र संस्थापक रोहीत भट्टराईले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

    शिक्षक सूर्यप्रसाद सापकोटाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.