• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बी.एन्ड.सीले बनाइदियो सिंहदेवि माविको विद्यालय भवन, सोमबार हस्तान्तरण गरिँदै


  •    संवाददाता/ आइतबार, माघ २०, २०८१  

  • झापाको अर्जुनधारा नगरपालिका वडा नं.१ सिस्नेमा अवस्थित सिंहदेवि माध्यमिक विद्यालयमा बी.एन्ड.सी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको सहयोगमा निर्मित भवन माघ २१ गते हस्तान्तरण गरिने भएको छ ।

    विद्यालयको ६६ औँ वार्षिकोत्सव तथा सरस्वती पूजाको अवसर पारेर बी.एन्ड.सी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक दुर्गा प्रसाईं र इन्दिरा गिरीले संयुक्तरुपमा भवन उद्घाटन तथा हस्तान्तरण सोमबार गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकालले जानकारी दिए ।

    Advertisement

    विद्यालयको स्थलगत अनुगमनमा आएका बी.एन्ड.सी अस्पतालका निर्देशक प्रसाईंले विद्यार्थीलाई अध्ययनका लागि कक्षा कोठाको अभावमा असहज भएको देखेरे भवन निर्माणका लागि दुई करोड रुपैँयाँ घोषणा गर्दै प्रसाईं स्वयंले वि.सं.२०७८ भदौ ४ गते व्यापक जनसहभागितामा दुई तले आठ कोठे भवनको शिलान्यास गरेको अध्यक्ष ढकालले बताए ।

    Advertisement

    अर्जुनधारा नगरपालिका क्षेत्रमा नै सबैभन्दा धेरै निजी सहयोगीको लगानीमा निर्माण भएको भवन यस क्षेत्रका लागि ठूलो उपहार रहेको प्रधानाध्यापक लक्ष्मीप्रसाद रिजालले बताए ।

    प्रधानाध्यापक रिजालका अनुसार भवन हस्तान्तरण तथा वार्षिकोत्सव कार्यक्रमको तयारी समेत अन्तिम चरणमा पुग्नुका साथै कार्यक्रममा राष्ट्रियस्तरका कलाकार तथा विद्यार्थीको साँस्कृतिक प्रस्तुति रहने जनाएका छन् ।

    भवन उद्घाटनका दिन विद्यालयमा बी.एन्ड.सी.मेडिकल कलेजको सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर पनि समेत सञ्चालन गरिने प्रधानाध्यापक रिजालले बताए ।

    विद्यालयमा नयाँ भवन निर्माण भएसँगै अध्ययनका लागि सहज हुने विद्यार्थी सुस्मिता खतिवडाले बताउँछिन ।

    विद्यालयमा विज्ञान प्रयोगशाला भएतापनि सानो कक्षाबाटै प्रयोगशालाबाट सिक्ने वातावरण भएको खण्डमा अध्ययनमा अझ मद्दत पुग्ने उनको भनाइ छ ।

    विद्यालयमा भवन बनेसँगै कक्षा कोठाको अभावका कारण खेप्नु परेको समस्याबाट छुटकारा मिलेको विद्यार्थी आकृति आचार्यले बताइन् ।

    विद्यालयमा अक्षय कोष, विभिन्न छात्रवृत्ति कोष स्थापना भएता पनि शैक्षिक गुणस्तर वृद्धिका लागि पर्याप्त नभएकाले वार्षिकोत्सवको अवसरमा यस वर्षबाट विद्यालय सुधार कोषको शुभारम्भ गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष ढकाल बताउँछन् । वि.सं.२०६० सालदेखि माध्यमिक तहको पठनपाठन सुरु भएको विद्यालयमा ७०० जनाभन्दा बढी विद्यार्थी र ३१ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।

    शिक्षा महासंघ अर्जुनधाराका अध्यक्ष तथा विद्यालयका शिक्षक चन्द्र खत्रीले विद्यालयमा माध्यमिक तहलाई पुग्ने गरिको विज्ञान प्रयोगशाला साथसाथै कम्प्युटर तथा स्मार्ट बोर्डको व्यवस्था रहेको बताए ।

    विद्यालयमा विद्यार्थीको संख्या धेरै भएकाले विज्ञान प्रयोगशालामा एकैचोटी सिकाउन जनशक्तिको अभाव भएका कारण सिफट व्यवस्थापन गरेर गर्नुपर्ने भएकाले समयको अभाव र खर्च व्यवस्थापन गर्न समस्या रहेको उनी बताउँछन् ।

    कोठा अभाव भएका कारण कम्प्युटर व्यवस्थापन गर्न असहज भइरहेको समयमा अस्पतालले भवन निर्माण गर्देसँगै विद्यार्थीलाई अध्ययनका लागि सहज हुने शिक्षक खत्रीको भनाइ छ ।

    यसैबीच प्रधानाध्यापक रिजालले भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सफल बनाउन सम्पुर्णमा उपस्थितिका लागि आग्रह समेत गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.