• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हरिकुमार प्रसाईं अन्तर माध्यमिक विद्यालयस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिताको उपाधि एरा एभरग्रीनलाई


  •    संवाददाता/ शुक्रबार, माघ १८, २०८१  

  • हरिकुमार प्रसाईं अन्तर माध्यमिक विद्यालयस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिताको उपाधि एरा एभरग्रीन अंग्रेजी विद्यालयले जितेको छ ।

    झापाको बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेशन एकेडेमीले विद्यालयका संस्थापक प्रिन्सिपल स्व.हरिकुमार प्रसाईंको स्मृतिमा आयोजना गरिएको प्रतियोगितामा बुद्धशान्तिको एरा एभरग्रीन उपाधि जित्न सफल भएको हो ।

    Advertisement

    त्यस्तै प्रतियोगितामा आयोजक न्युटन्स एजुकेशन एकेडेमी द्वितीय, लक्ष्मी माध्यमिक विद्यालय अर्जुनधारा तृतीय र इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालय धुलाबारी सान्त्वना भएको छ ।

    Advertisement

    प्रतियोगितामा प्रथम, दोश्रो, तेस्रो र सन्त्वना हुनेलाई क्रमश: २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद, सर्टिफिकेट र मायो चिनो प्रदान गरिएको थियो ।

    प्रतियोगिताका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मी, विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईं, कार्यक्रम संयोजक धुर्वकुमार कार्की लगायतले पुरस्कार वितरण गरेका थिए । हाजिरीजवाफको सञ्चालन कार्यक्रम व्यवस्थापक तथा सिनियर गणित शिक्षक केशव अधिकारीले गरेका थिए ।

    काठमाडौँ उपत्यका बाहिर मोफसलमै पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा झापाका ३० वटाभन्दा बढी विद्यालयको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले जानकारी दिए ।

    विद्यालयका एकेडेमिक इञ्चार्ज नोयल पेरेराले मन्तव्यबाट स्वागत गरेको समापन कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन् ।

    विद्यालयले २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम बिहीबार सम्पन्न गरेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.