झापाको बिर्तामोड-७ भूषाबारीमा अवस्थित बेल्स मोडल स्कुलले पाँचौं वार्षिकत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
बेल्स मोडल स्कुलले पाँचौं वार्षिकत्सवको अवसरमा बुधबार र बिहीबार विविध कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालयका संस्थापक अध्यक्ष जयकुमार प्रसाईले उद्घाटन गरेको कायक्रममा स्वागत विद्यालय संयोजक देवान ढुङ्गानाले गरेका थिए ।
कार्यक्रमका औचित्य माथी प्रकाश पार्दै विद्यालयका प्रिन्सिपल ताराकुमार प्रसाईले विद्यालयको विविध गतिविधिको बारेमा जानकारी गराएका थिए । प्रिन्सिपल प्रसाईले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सुबिधा सम्पन्न थप कक्षा कोठा निर्माण कार्य भैरहेको जानकारी दिए ।
उक्त कार्यक्रममा कक्षा नर्सरी देखि ११ कक्षा सम्मका विद्यार्थीले विविध मनोरञ्जनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रममा अभिभावक संघका अध्यक्ष ताराप्रसाद चापागाई, शिक्षासेवी ज्ञानु मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दुईदिनसम्म चलेको कार्यक्रममा अभिभावकको समेत उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । स्थापनाको पाँच वर्ष पूरा गरेको विद्यालयमा हाल कक्षा ११ सम्म झण्डै एघार सय विद्यार्थी अध्ययन गर्दे आएका छन् ।







