• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नवज्योती आविको ५५ औं वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाइयो


  •    संवाददाता/ बुधबार, माघ १६, २०८१  

  • झापाको अर्जुनधारा नगरपालिका-२ मा अवस्थित नवज्योती आधारभुत विद्यालयको वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ । 

    विभिन्न कार्यक्रमको आयोजना गर्दै विद्यालयले ५५ औं वार्षिकोत्सव मनाएको हो ।

    Advertisement

    वार्षिकोत्सवको अवसरमा खेलकुद समापन, पुरस्कार वितरण, सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको हो । 
     
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।

    Advertisement

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकनाथ कोइरालाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यालयले गत वर्षको परिक्षामा विद्यालय प्रथम भएकी छात्रा टंककुमारी रिमाल र दोश्रो भएका छात्र निश्चल गुरुङलाई नगद तथा शैक्षिक सामाग्रीसहित पुरस्कृत गरिएको थियो । 

    यस्तै वर्ष उत्कृष्ट शिक्षकको रुपमा दीपक मिश्र र सुशीला कुईकेललाई सम्मान गरिएको थियो । वर्ष उत्कृष्ट अभिभावकको रुपमा विर्खबहादुर आले मगर र गंगामाया रमतेललाई समेत विद्यालयले सम्मान गरेको थियो । 
     
    उक्त अवसर पारेर २०८० मा कक्षा ५ उत्तीर्ण भई विदा भएका विद्यार्थीहरुलाई शैक्षिक नतिजा पुरस्कार २०८० प्रदान गर्दै विदाई गरिएको थियो ।  
     
    कार्यक्रममा विद्यालयले सञ्चालन गरेको खेलकुद सप्ताहमा विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

    सोहि अवसरमा अभिभावक तथा विद्यार्थीहरु विभिन्न खेलकुद गतिविधिमा सहभागी बनेका थिए भने विद्यार्थीहरुले सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले मनोरञ्जन गराएका थिए । 
     
    कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, गाँजाबारी बेलटार खानेपानी संस्थाका अध्यक्ष योगेन्द्र आचार्य, शान्ति सामुदायिक वन उपभोक्ता समितिकी उपाध्यक्ष लक्ष्मी कन्दङवा लिम्बू, पूर्व विद्यार्थी तथा नेपाल पत्रकार महासंघ झापाका सहसचिव तिलक योञ्जन लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
     
    शिक्षक सविता खत्रीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन दिपक मिश्रले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.