• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेची बहुमुखी क्याम्पस प्रमुखमा आचार्य नियुक्त


  •    संवाददाता/ मङ्गलबार, माघ ०१, २०८१  

  • मेची बहुमुखी क्याम्पस भद्रपुरको क्याम्पस प्रमुखमा देवीप्रसाद आचार्य नियुक्त भएका छन् ।

    मेची बहुमुखी क्याम्पसका सहप्राध्यापक आचार्यलाई चार वर्षे कार्यकालका लागि त्रिभुवन विश्वविद्यालयले क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

    Advertisement

    स्वायत्तता प्राप्त क्याम्पसहरूमा त्रिविको रेक्टर कार्यालयले प्रत्यक्ष नियुक्ति नगरेर क्याम्पसमा गठन भएको सर्च कमिटीको सिफारिसमा प्रमुख नियुक्त गर्ने प्रावधान छ ।

    Advertisement

    सर्च कमिटीले पनि त्रिभुवन विश्वविद्यालयको सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१’ अनुसार सिफारिस गर्छ ।

    सोही आधारमा मेची क्याम्पस व्यवस्थापन समितिले गठन गरेको सर्च कमिटीले निवर्तमान क्याम्पस प्रमुख जीवनकुमार पोखरेल, देवीप्रसाद आचार्य र भानुकुमार भट्टराईलाई सिफारिस गरेको थियो । नवनियुक्त आचार्य र निवर्तमान क्याम्पस प्रमुख पोखरेल उपप्राध्यापक हुन भने सिफारिस भएका अर्का भट्टराई सहप्राध्यापक हुन ।

    सर्च कमिटीको सिफारिससहित स्वायत्त प्रदान गरिएका क्याम्पसमा प्रमुख नियुक्त गर्ने विनियमको मापदण्डको आधारमा आचार्यलाई नियुक्त गरिएको क्याम्पस स्रोतले जनाएको छ ।

    क्याम्पस स्रोतका अनुसार यद्यपि यो समाचार तयार पार्दासम्म मेची बहुमुखी क्याम्पसमा त्रिविबाट आधिकारिक नियुक्ति पत्र भने आएको छैन् ।

    यसअघिका क्याम्पस प्रमुख जीवनकुमार पोखरेलको चार वर्षे कार्यकाल २०८० चैत्र २५ गते समाप्त भएको थियो । नयाँ नेतृत्व नियुक्त हुनु पूर्व अर्को व्यवस्था नभएसम्म क्याम्पसको व्यवस्थापकीय र प्रशासनिक जिम्मेवारी पुरा गर्ने पोखरेललाई नै जिम्मेवारी प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.