झापा / निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सन झापाको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन् । आईतबार प्याब्सन झापाको १४औं जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनमा १७६ मत प्राप्त गरी कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागी जनार्दन ढकाल र छत्रबहादुर कार्कीको उम्मेदवारी परेकोमा ढकालले १०८ मत प्राप्त गरेका थिए भने कार्कीले १७६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भए ।

त्यस्तै प्याब्सन झापाको बरिष्ठ उपाध्यक्षमा हरिकृष्ण पाठक १८९ मत प्राप्त गरी बिजयी भए भने उनका प्रतिष्पर्धी उत्तम खनालले ९५ मत प्राप्त गरे। उपाध्यक्षमा टीआर गौतम १२२ मत ल्याएर बिजयी हुँदा उनका प्रतिस्पर्धीहरू बदीराम राईले ९६ मत र भवानी पाठकले ६१ मत प्राप्त गरे। त्यस्तै सचिवमा लक्ष्मीप्रसाद उप्रेतीले १६९ मत प्राप्त गरी बिजयी हुँदा उनका प्रतिष्पर्धी रूद्र सिटौलाले ११४ मत प्राप्त गरे।
सहसचिवद्वयमा जीवन शिवाकोटीले १७० मत, बिनोद सुब्बा १६८ मत प्राप्त गरी बिजयी भए भने उनीहरुका प्रतिष्पर्धी डम्बर रुचालले १३२ मत प्राप्त गरे। त्यसैगरी कोषाध्यक्षमा अमृतकुमार तिम्सिनाले १४९ मत प्राप्त गरी बिजयी भए भने उनका प्रतिष्पर्धी जनार्दन मैनालीले १३६ मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृत बहादुर बुढाथोकीले बताए। कूल मतदाता ३०९ जना रहेकोमा २८९ जनाको मत खसेको थियो ।
यसअघि प्याब्सन झापाका खुल्ला सदस्यहरू सुमन शर्मा जमरकट्टेल, देवेन्द्र हुमागाई, कुलबहादुर श्रेष्ठ, मोहन थापा, कल्पना थापा, प्रेमकुमार ओझा, कुमार राया निर्विरोध निर्वाचित भएका थिए । पालिका सदस्यहरू भूगोलतर्फ गणेशकुमार श्रेष्ठ, सूर्यबहादुर कटुवाल, युवराज बराल, गोपाल ढुंगेल, भोजकुमार कार्की, सन्तोष सुब्बा, दीपेन्द्र सुब्बा, अनुप राय निर्विरोध निर्वाचित भएका थिए।
त्यसैगरी महाधिवेशन प्रतिनिधि डिल्लीप्रसाद चापागाई, श्रवण पोखरेल, गीताराज खड्का, चन्द्रप्रकाश राई, ईश्वरी श्रेष्ठ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अमृत बहादुर बुढाथोकीले बताए। यस अघि नै प्याब्सन पालिकाको अधिबेशन सम्पन्न गरिसकेको छ |
सम्बन्धित समाचार







