• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन झापाको अध्यक्षमा बुद्धशान्तिका कार्की निर्वाचित


  •    संवाददाता/ आइतबार, पुष २८, २०८१  

  • निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल झापाको अध्यक्षमा छत्रबहादुर कार्की निर्वाचित भएका छन् ।

    आइतबार भएको १४औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कर्णाली एजुकेशन फाउण्डेशन बुद्धशान्तिका कार्की निर्वाचित भएका हुन् । उनले १७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी जनार्दन ढकालले १०८ मत प्राप्त गरेका थिए ।

    Advertisement

    त्यस्तै वरिष्ठ उपाध्यक्षमा बुद्धस्मृति एजुकेसन फाउण्डेशन बिर्तामोडका हरिकृष्ण (एचके) पाठक निर्वाचित भएका छन् । उनले १८९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी उत्तम खनालले ९५ मत प्राप्त गरेका छन् ।

    Advertisement

    उपाध्यक्षमा एम्स एकेडेमी अर्जुनधाराका टीआर गौतम १२२ मतसहित विजयी बनेका छन् । उनका प्रतिद्वन्दीहरु बदिराम राईले ९६ र भवानी पाठकले ६१ मत प्राप्त गरेको प्याब्सन झापाका सचिव त्रिलोचन गौतमले जानकारी दिए ।

    त्यसैगरी सचिवमा दिपजन अंग्रेजी बोर्डिङ स्कुल बाह्रदशीका लक्ष्मीप्रसाद उप्रेतीले १६९ मत प्राप्त गरी विजयी बने । अर्का उम्मेदवार रुद्र सिटौलाले ११४ मत प्राप्त गरेका थिए ।

    त्यस्तै कोषाध्यक्ष पदमा सगरमाथा इङ्गलिस बोर्डिङ स्कुल शिवसताक्षीका अमृतकुमार तिम्सिना निर्वाचित भए । उनले १४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी जनार्दन मैनालीले १३६ मत प्राप्त गरेका थिए ।

    त्यसैगरी सहसचिवद्वयमा प्रजिता एजुकेशन एकाडेमी दमकका जिवन शिवाकोटी १७० र बेनुबाजा इङ्गलिस बोर्डिङ स्कुल कनकाईका विनोद सुब्बा १६८ मतसहित विजयी बने भने डम्बर रुचालले १३२ मतमात्र प्राप्त गरे भने सहकोषाध्यक्षमा साउथ होराइजन इङ्गलिस स्कुल झापाका नारायण सुवेदी निर्विरोध निर्वाचित बनेका छन् ।

    त्यस्तै सदस्यहरुमा सुमन शर्मा जमरकट्टेल, दशरथ (देवेन्द्र) हुमागाई, कुलबहादुर श्रेष्ठ, कुमार राया, मोहन थापा, कल्पना थापा र प्रेमकुमार ओझा निर्विरोध चयन भएका छन् ।

    त्यसैगरी सदस्य पालिकाबाट १५ पदसंख्या मध्ये गणेशकुमार श्रेष्ठ, सुर्यबहादुर कटुवाल, युवराज बराल, गोपाल ढुंगेल, भोजबहादुर कार्की, सन्तोष सुब्बा, दिपेन्द्र सुब्बा र अनुप राय चयन भएका छन् । 

    त्यस्तै अधिवेशनले १३ जना महाधिवेशन प्रतिनिधीमध्ये पाँच जना चयन गरेको छ । इश्वरी श्रेष्ठ, डिल्लीप्रसाद चापागाई, श्रवण पोखरेल, चन्द्रप्रकाश राई र गीताराज खड्का (हरी) महाधिवेशन प्रतिनिधीमा चयन भएको निर्वाचन समिति संयोजक अमृतबहादुर बुढाथोकीले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.