चिसो मौसममा गरिबीका कारण प्रभावित बालबालिकालाई राहत प्रदान गर्न अखिल (समाजवादी) झापाले विशेष सामाजिक अभियानको आयोजना गरेको छ ।
उक्त अभियान अन्तर्गत न्यून आयस्रोत भएका परिवारका २० बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
विद्यार्थी नेताहरू र स्वयंसेवकहरूले बालबालिकालाई न्यानो ज्याकेट, स्कार्फ, टोपी, र पन्जा प्रदान गर्दै सहयोगका लागि हातेमालो गरेका छन् ।
Advertisement
सामुदायिक सहकार्यका माध्यमबाट आयोजित कार्यक्रमले दया, सहकार्य र सामाजिक जिम्मेवारीको महत्त्वलाई उजागर गरेको आयोजकहरूले बताए ।







