झापाका तीन जना युवाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।
बाह्रदर्शी गाउँपालिका वडा नं.५ सिफ्ताबारी राजगढ मदरसा मजारु उलुम्मा बिर्तामोडका अफ्रोज खान, हाजी मन्जर अलि खान र गुलाम रसुलले १८ जना विद्यार्थीलाई एक-एक थान स्विटर, ज्याकेट, पेन्ट, सर्ट, भुइँमा ओछयाउने म्याट सहयोग गरेका हुन् ।
विद्यालयको छात्रवासमा बस्ने विद्यार्थीहरुलाई न्यानो कपडाको कमि भएको आवश्यकतालाई महसुस गरेर वितरण गरिएको जनाइएको छ ।
Advertisement
उक्त अवसरमा मदरसा तालिमुल कुरानको अध्यक्ष अफ्रोज खान, सदस्य दुलारे मिया, अप्सार शेख हसेबुल शेख, मोलाना सज्जाद, रजा मोलाना, महबुब शेख लगायतको उपस्थिति रहेको थियो ।







