झापा। झापाको बिर्तामोड २ चारपाने स्थित वीर अमरसिंह प्राबिधिक माध्यमिक बिद्यालयमा विद्यार्थीहरुको आँखा स्वास्थ्य परिक्षण गरिएको छ।
मेची आँखा अस्पताल बिर्तामोड र अर्बिस इन्टनेसनल एन एन जे एस र नेपाल नेत्र ज्योति संघको सहकार्यमा संचालन गरेको बिद्यालयका बालबालिकामा देखिने दृष्टि दोस,मांसपेशीको समस्या लगायत कार्यक्रम अन्तरगत सो कार्यक्रम गरिएको अस्पतालले जनाएको हो।
कक्षा १ देखि १२ सम्मका तीन सय जनाले आँखा परिक्षण गराएका विद्यार्थी मध्ये १४ जनाको आखाँमा समस्या देखिएको प्रध्यानाध्यापक यदुनाथ अधिकारीले जानकारी दिनु भयो।

छ बर्ष देखि १८ बर्ष उमेर समुहका बालबालिकाको आँखा परिक्षण गरिएको र स्वास्थ प्रती सचेत बनाउन पनि यो कार्यक्रम गरिएको अस्पतालका नेत्र विशेषज्ञ कौसल्या दाहालले जानकारी दिनु भयो।
बिद्यालयले प्रत्येक बर्ष स्वास्थ सम्बन्धी विभिन्न स्वास्थ शिबिर गर्दै आएको छ,विद्यार्थीहरुको स्वास्थ र अतिरिक्त क्रियाकलापले गुणस्तरीय शिक्षामा बल पुग्ने भएकाले विद्यालयले यस्ता गतिविधि गरेको बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष किशोर पौडेलले बताउनु भयो ।







