• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्स टुरिजम क्लबका विद्यार्थीद्वारा सुखानी सहिद स्मृति पार्कको अवलोकन


  •    संवाददाता/ शनिबार, पुष १३, २०८१  

  • झापाको बिर्तामोड-५ मा अवस्थित न्यूटन्स एजुकेशन एकाडेमी रहेको न्युटन्स टुरिजम क्लबले सुखानी सहिद स्मृति पार्कको अवलोकन गरेको छ ।

    टुरिजम क्लबका विद्यार्थीहरूले पर्यटनको अचुक सम्भावना बोकेको ऐतिहासिक सुखानी पार्कको शुक्रबार भ्रमण गरेका हुन् ।

    Advertisement

    विद्यार्थीहरुले पर्यटनको सम्भावना र सदुपयोग कसरी गर्ने, युवा, बालबालिका र शिक्षाको क्षेत्रबाट यो पार्कलाई के कसरी काम गर्न सकिन्छ भन्ने उद्देश्यले अध्ययन तथा अवलोकन गरिएको क्लबका संयोजक पवित्रा पौडेलले जानकारी दिइन् ।

    Advertisement

    बालबालिकाहरुलाई भाषा, साहित्य भूगोल र पर्यटनसँग जोड्‌ने उद्देश्यले विद्यालयमा स्थापना भएको टुरिजम क्लवले स्थानीय क्षेत्रमा पर्यटकीय सम्भावना भएका ठाँउको पहिचान गरि तिनलाई राष्ट्रिय तथा आन्तराष्ट्रियस्तरमा प्रवर्धन गर्दै विकासको क्रममा जोडन् सक्रियतापूर्वक लागि परेको क्लबका संयोजक पौडेलले बताइन ।

    कक्षा १० को सामाजिक अध्ययन विषय अन्तर्गत हाम्रो विगत एकाईमा पार्कको विषयमा पठ‌नपाठन समेत हुने भएकाले विद्यार्थीले सुनेर भन्दा पनि हेरेर, महसुस गरेर धेरै कुरा सिक्ने तथा बुझ्नेसँगै संरक्षण गर्ने दायित्व बुझाउन भ्रमणमा सहभागी गराइएको विद्यालयका प्रधानाध्यपक एंवम क्लव संरक्षक देवेन्द्र हुमागाईंले बताए ।

    उक्त भ्रमणलाई श्री सुखानी वन उपभोक्ता समितिका उपाध्यक्ष विपिन कुमार चौहानले सहजीकरण गरि सहयोग गरेका थिए ।

    क्लबका ११ जना सदस्य सहभागी भएको कार्यक्रममा उपाध्यक्ष चौहानका अनुसार शौचालय, खानेपानी र बिजुलीबत्ती उपलब्ध गराएर पार्कलाई व्यवस्थित गरिने बताएका छन् ।

    उपाध्यक्ष चौहानका अनुसार पार्कमा बालबालिकालाई खेल्नका लागि पिङ, चिप्लेटीलगायतका प्लास्टिकका संरचना बनाइएका छन् । पार्कलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आगामी दिनमा स्थानीय सरकार र वन उपभोक्ता समितीसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

    सुखानी स्मृति सहिद पार्क झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको सुखानी जंगलको मध्यभागमा पर्छ । राजनैतिक इतिहास र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यो पार्क झापा विद्रोहुका क्रममा वि.स.२०२९ फागुन २९ गते पाँच जना कम्युनिस्ट कार्यकर्ताको हत्या गरिएको स्थानमा निर्माण गरिएको हो । यहाँ सानातिना चौतारा तथा बगैंचा निर्माण गरिएको छ भने त्यहाँ सुरक्षाकर्मीले हत्या गरेका रामनाथ अधिकार, कृष्ण कुइँकेल, वीरेनसिहं राजवंशी, नेत्र घिमिरे तथा नारायण श्रेष्ठको स्मारक पनि छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.