• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शुक्रबार, असोज २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, ५० वटा विद्यालय सहभागी


  •    संवाददाता/ बिहिबार, पुष ०४, २०८१  

  • झापाको मेचीनगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

    बाहुनडाँगीमा बुधबारदेखि पाँचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

    Advertisement

    जिल्ला खेलकुद विकास समिति झापाको संयोजन, मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर-२ को व्यवस्थापन र मेचीनगर नगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीले उद्घाटन गरेकी हुन् ।

    Advertisement

    मेची जनसाधारण माध्यमिक विद्यालयको प्रांगणमा सुरु भएको यो चौधौं झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट खेलकुद प्रतियोगितासमेत हो ।

    नगरभित्रका खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र मेचीनगरका विभिन्न विधाका खेलाडीहरुलाई खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने प्रतियोगिताको उद्देश्य रहेको उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताइन् ।

    नगर स्तरीय छनोट प्रतियोगिता सम्पन्न भइसकेपछि प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने अनि प्रदेश हुँदै केन्द्रमा समेत उनीहरुले सहभागिता जनाउन पाउने नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले जानकारी दिए ।

    मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा छात्र छात्रातर्फको भलिबल, कबड्डी, एथलेटिक्सतर्फ दौड ट्रयाक, उफ्रने र फ्याक्ने फिल्ड, मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसुतर्फ थाओलु र सान्सौंलगायतका खेल समावेश गरिएको मेची जनसाधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईंले जानकारी दिए।

    प्रतियोगितामा मेचीनगरभित्रका ५० वटा विद्यालय सहभागी छन् । प्रतियोगिताबाट विभिन्न विधाका कुल एकसय १० विद्यार्थी छनौट हुनेछन् । प्रतियोगिता पुष ५ गतेसम्म चल्ने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.