झापाको हल्दिबारी गाउँपालिका वडा नं.३ ले वडागत कार्यक्रम अनुसार सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला (ब्याग) वितरण कार्यक्रम सुरु गरेको छ ।
आज एक कार्यक्रमका बीच हल्दिबारी-३ मा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीलाई झोला वितरण गरेर कार्यक्रमको शुभराम्भ गरिएको शिक्षक डिल्लीराम ढुङ्गेलले जानकारी दिए ।
पञ्चायत माध्यमिक विद्यालयमा रहेको बाल क्लब अध्यक्ष प्रतिमा लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हल्दिबारी-३ का वडाध्यक्ष बिष्णु ओली रहेका थिए ।
Advertisement
उक्त अवसरमा वडा सदस्य अजित कुमार बिष्ट, कमला तिमिल्सिना ढुङ्गेल, कर्ण भण्डारी र वडा सचिव राजन खतिवडा लगायतको उपस्थिति रहेको थियो ।







