झापाको बिर्तामोडमा अवस्थित बेस्ट फ्युचर मन्टेश्वरी ट्रेनिङ सेन्टरमा जुनियर डिप्लोमा मन्टेश्वरीका कक्षाहरु सुरु भएको छ ।
विगत दश वर्षदेखि सञ्चालित उक्त मन्टेश्वरीमा हाल एक हप्ते, एक महिने र तीन महिने तालिम सञ्चालन भइरहेको सञ्चालक पूजा दाहालले जानकारी दिइन् ।
बिर्तामोड नगरपालिका वडा नं.६ मा अवस्थित मन्टेश्वरीले हालसम्म हजारौंलाई ट्रेनिङ दिएर शिक्षक बनाइसकेको सञ्चालक प्रतिमा पौडेल बताइन् ।
Advertisement
बेस्ट फ्युचरले कला, भाषा, गणित, संस्कृति, बालबालिकाको क्षमता विकासका कक्षाहरु सञ्चालन गर्ने गरेको सञ्चालक पौडेल बताएकी छन् ।
उक्त मन्टेश्वरीले एक असल शिक्षक भएर बालबालिकाहरुलाई सर्वाङगिण विकास गराउन इच्छुकलाई ट्रेनिङमा सहभागी हुन आह्रवान पनि गरेको छ ।







