बिष्णु भेट्वाल र बिष्णुमाया भेट्वालको परिवारले आफ्नी छोरी निता भेट्वालका नाममा लक्ष्मी आधारभूत विद्यालयमा दस लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
बर्तामोड नगरपालिका वडा नं.७ बिरानमा अवस्थित विद्यालयमा उक्त रकम आज एक कार्यक्रम गरि विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष र वडाध्यक्षबीच सर्तनामा हस्ताक्षर गरि हस्तान्तरण गरेका हुन् ।
उक्त कोषबाट आउने ब्याजको ९०% रकम गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने साथै आगामि दिनमा पनि विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै बिष्णु भेट्वालले निता स्मृति प्रतिष्ठान नामक संस्था खोलि देशमा शिक्षा क्षेत्रमा सेवा गर्न सुरु गरिसकेको बताए ।
अमेरिकालाई कर्म थलो बनाएर सबै परिवार उतै बसे पनि नेपाल र नेपालीको मायाले नेपालमै आफ्नो कमाइको केहि अंश सेवामा खर्च गर्न सुरु गरेको उनको भनाइ थियो ।







