झापाको बाह्रदशी-२ स्थित लिटल स्टार अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल खड्गनारायण राजवंशीको निधन भएको छ ।
प्याब्सन झापाका जिल्ला सदस्य समेत रहेका राजंवशीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा आइतबार निधन भएको हो । उनलाई मृगौलासम्बन्धी समस्या रहेको थियो ।
कनकाई नगरपालिका वडा नं.८ निवासी राजंवशी ३० वर्षभन्दा लामो समयदेखि शिक्षण पेशामा आबद्ध रहेका थिए । उनका श्रीमतीसहित एक छोरा र एक छोरी रहेका छन् ।
Advertisement







