सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघ झापाको अध्यक्षमा पुष्प रिजाल चयन भएका छन् ।
बुद्धशान्ति स्थित सीतारमेश बहुमुखी क्याम्पसको सभाहलमा आज आयोजित भेलाले रिजाललाई तीन बर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । उनी सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति-१ का क्याम्पस प्रमुख हुन् ।
त्यस्तै उपाध्यक्षमा शुशिल आचार्य, सचिवमा संजीव अधिकारी, सह सचिवमा सीताराम भट्टराई, कोषाध्यक्षमा प्रेमराज घिमिरे रहेका छन् ।
Advertisement
त्यस्तै सदस्यहरुमा प्रेम पोखरेल, मोती राजवंशी, मखना महतो, महेन्द्रप्रसाद घिमिरे, मोहनप्रसाद ओली र रुद्र मैनाली सर्वसम्म रुपमा चयन भएका हुन् ।







