काठमाण्डाै । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावविरुद्ध सत्तारुढ नेकपाकै भातृ संगठनले देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।
यस्तै प्रधानमन्त्री ओलीको कदमको समीक्षा र आउँदाे रणनीति तय गर्न नेकपाका सांसदहरु सिंहदरबारमा भेला हुन थालेका छन् । पार्टी संसदीय दलको कार्यालयमा सांसदहरु भेला भएका छन् । भेलाले कुनै निष्कर्ष निकाल्ने र सार्वजनिक गरिने एक सांसदले जानकारी दिएका छन् ।
Advertisement







