प्रेसिडेंशियल ग्रेजुएट स्कूल काठमाडौँको आयोजनामा झापाको बिर्तामोडमा आयोजना गरिएको तालिम सम्पन्न भएको छ ।
अजि एजुकेशन बिर्तामोडको सह-आयोजनामा शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि भएको दुई दिने तालिम सोमबार समापन भएको हो ।
मानिसका अति प्रभावकारी सात बानीका विषयमा झापाका नीजि तथा सामुदायिक विद्यालयका शिक्षक तथा इन्चार्जहरुलाई तालिम प्रदान गरिएको प्रेसिडेंशियल ग्रेजुएट स्कुलका बिजनेस डेभलपमेन्ट हेड शुसान्त खत्रीले जानकारी दिए ।
उक्त तालिमले शिक्षकहरुको अध्ययापन क्षमतामा निखार पन ल्याउने र उर्जा प्राप्त हुने कार्यक्रमका प्रमुख अतिथि हिसान झापाका उपाध्यक्ष उत्तम खनालले बताए ।
तालिममा सहभागिलाई कार्यक्रमका प्रमुख अतिथि खनाल, सचिव देबेन्द्र हुमागाईं, कोषाध्यक्ष रंजित शाह, आलोक कार्की, आरएस ढकाल लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
उक्त कार्यक्रमको सञ्चालन अजि एजुकेशनका सिइओ प्रनिल चौहानले गरेका थिए ।







