बिर्तामोडमा अवस्थित न्युटन्स् एजुकेसन एकेडेमीका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईंको स्मृतिमा विद्यार्थीलाई लत्ताकपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ ।
न्युटन्स् बाल क्लबको आयोजनामा मेचीनगर नगरपालिका वडा नं.२ स्थित भानु माध्यमिक विद्यालयका ७८ जना विद्यार्थीहरुलाई स्वेटर र शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
क्लबका अध्यक्ष अन्स न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको औचित्य माथि प्रकाश बाल फोकल पर्सन मिनु शिवाकोटीले गरेकी थिइन् ।
Advertisement
संस्थापक प्रसाईंको जन्मदिन तथा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताए ।
भानु माध्यमिक विद्यालयकी प्रधानाध्यापक खड्गकुमारी तिम्सिनाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक ज्ञानेन्द्र ढुङ्गानाले गरेका थिए ।







