बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले विद्यापीठका बटुक र विद्यार्थीहरूलाई एक दिनको खाना खर्च, पठनपाठनका सामग्री तथा आर्थिक सहयोग गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गरेर प्रतिष्ठानले अर्जुनधाराको साधुटारमा अवस्थित संस्कृत विद्यापीठका बटुक र विद्यार्थीहरूलाई एक दिनको खाना खर्च, पठनपाठनका सामग्री साथै प्रत्येक विद्यार्थीहरूलाई आर्थिक सहयोग गरेको हो ।
बर्खा खड्का प्रसाईंको दोस्रो स्मृति दिवसको अवसर पारेर उक्त सहयोग साथै पठनपाठन सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए ।
Advertisement







