मोरङ । माेरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । घटना भएको आठ घण्टापछि घटनास्थल बर्खेमा पुगेको टोलीले शिक्षक श्रेष्ठलाई हात पछाडि बाँधेर घाँटी रेटेर हत्या गरेको पुष्टि भएको प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताउनुभयो ।
सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई बिहान गाई, बाख्रालाई घाँसपात गरिरहेका बेला नचिनेका मान्छेको समूहले अपहरण गरी केही पर जङ्गलमा लगेर हत्या गरेका थिए ।
लामो समयमा शिक्षण पेसामा रहेर समाजसेवामा समेत लाग्नुभएका राजेन्द्रलाई गाउँलेले अभिभावक मान्ने गरेका थिए । शिक्षक श्रेष्ठको हत्या नेत्रविक्रम चन्द विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
Advertisement







