क्यान्सर रोगबाट पीडित आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यासको विमोचन भएको छ ।
लेखक बुढाथोकीको चार बर्षको प्रयासपछि प्रकाशन गरिएको कृतिको शुक्रबार बिर्तामोडमा एक समारोहका बीच विमोचन गरिएको हो ।
झापाली साहित्य समाज र सप्तक संगीत विद्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण धरावासीलगायतले ‘याङरुप’ उपन्यासको विमोचन गरेका हुन् ।
Advertisement
विमोचन समारोहमा प्रा.डा.टंक न्यौपाने, प्रा.डा.बद्रीबिशाल पोखरेल, मधु केरुङ, चन्द्र भण्डारी, तारा विविध, डा.बालचन्द्र सुब्वाको आतिथ्य रहेको थियो ।
उक्त कार्यक्रममा सप्तक संगीत विद्यालयका विद्यार्थीहरुले बिभिन्न सांगीतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।
डा.कुमार सुवेदीले स्वागत र रिता पोखरेलले लेखकको परिचय दिएको कार्यक्रमको सञ्चालन पुरुषोत्तम ढुङ्गेलले गरेका थिए ,







