ईलाम । रोङ गाउँपालीकाका प्रबक्ता सुबास तामांग कोरोनामूक्त हुनुभएको छ ।
वडा नंबर ६का अध्यक्ष समेत रहनुभएका तामांगको मंसीर २ गते कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएको थियो ।
त्यसपछि चिकित्सकको निगरानीमा होम आईसोलेसनमा बस्नुभएका तामांगको २७ औ दिनमा चौथो पटकको रिपोर्ट नेगेटिभ आएको हो । कार्तिक २४ गतेबाट लगातार ज्वरो आउने , शरीर दुख्ने लक्षण देखापरेदेखि नै उहाँले आफु एकान्तबास बसेका कारण नजिकका कोहि पनि संक्रमित बन्नु नपरेको सामाजीक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।
Advertisement
एकान्तबासमा रहँदा नियमित रुपमा बाफ लिने , तातोपानी र बेसारपानीको सेवन गरेको बताउनुभयो । यो अवधिमा परीवार , आफन्तजन, सहकर्मी, प्रियजन तथा शुभचिन्तकबाट प्राप्त सहयोग र हौसलाले औषधिको काम गरेको उहाँको अनुभव छ । तामांगले फेसबुकमा राखेको कोरोना अनुभव
CORONA NEGATIVE
नेपाल सरकारको स्वास्थ्य मापदण्ड पुरा गरौ।
अनिबार्य माक्स,सामाजिक दुरि र सेनिटाइजर को उचित प्रयोग गरौ।
कात्तिक २४ गते देखि मङ्सिर ३ गते सम्म निरन्तर ज्वोरो,८ गते सम्म सामान्य जिउदुख्ने र आज सम्म पटक पटकको निरन्तर CORONA POSETIVE आए सङ्गै आजको परिक्षणमा २७ दिन पछि CORONA NEGETIVE रिपोर्ट आएको छ।
कातिक २४ गतेबाट ज्वरो आउन सुरु भए सङ्गै स्वास्थ्यकर्मी मित्रहरु र उपलब्ध सामाजिक सन्जालको कोरोना सम्बन्धि अध्ययन गर्दा मलाई कोरोना नै भएको महशुस गरी २४ गते देखिनै एकान्तबासमा बसे तर आदलतलको सरकारले पिसिआर निशुल्क गराउनु पर्छ भन्ने फैसलाको कारण केहिदिन ल्याब बन्द भएकोकारण तिहार अघि टेस्ट गर्न पाइन।मङ्सिर २ गते टेस्ट गराउदा पोजेटिभ देखियो।मलाई मानसिक रुपमा कुनै असर परेन।मलाई कुनै भय त्रासले छोएन।सामान्य रुपमा लिएर स्वस्थ्यकर्मीको सुझाब अनुसार बाफलिने औषधि खाने,बेसार पानी लगायत निरन्तर गरिरहे।
समय मै मेरो एकान्तबासको निर्णयले म मार्फत कोहि पनि सङ्क्रमित हुनु परेन म खुसि छु।
कोरोना गुरु (सकारात्मक पक्ष)
कोरोनालाई हामिले सधै नकारात्मक दृष्टिले हेर्यौ।सकारात्मक दृष्टिले हेर्दा कोरोनालाई हामिले “गुरु” मान्न सक्छौ।हिजो अवसरको खोजिमा शहर छिरेका दाजुभाईहरु आज गाउनै सहि भन्दै बाबुले दिएको अंशलाई खनजोत थालेका छन।ब्यवसायिक कृषि फर्महरु सुरु भएको छ।देशलाई आत्मनिर्भर बनाउनु पर्छ भन्ने चेतना एकसाथ जनता नेता प्रशासक सबैमा परेको छ।बिदेशि नक्कल गर्न छाडेर हाम्रो गाउघरको परम्परागत खानपिन त औषधि रहेछ भनि बल्ल बुद्दिको बिर्को खुलेको छ।सरकारलाई उत्पादन मुलक क्षेत्र कृषिमा लगानि बढाउनु पर्छ भन्ने सदबुद्दि कोरोनाले दिएको छ।आदि आदि थुप्रै कुरा कोरोनाले सिकाएको छ त्यसकारण कोरोनालाई एउटा सच्चा “गुरु” ठान्दछु।
अनुभव
२७ दिनको एकान्तबासको अनुभबमा यो रोग सङ्ग धेरै डराउनु पर्दैन तर सजकता भने अपनाउनु नै पर्छ।स्वास्थ मानिसलाई खास खत्रा छैन तर वृद्ध,बालबालिका र अस्वस्थ मानिसको लागि खतरा हुन सक्छ।ज्वारो त खास समस्या लागेन तर जिउ दुखेर राति सुत्न नसक्दा राति ९:००बजे पछि १०:३० सम्म एक्लै बिर्तामोडको टोलटोल हिडेर घुम्थे। एकान्त बासमा रहदा एक्लो महशुसले चाहि(मलाई मात्र होकि अरुलाई पनि हो) खुब सताउदो रहेछ।
चाडपर्ब हरेक बर्ष आउछ।मेरो अनुपस्थिति सबैको भलोको लागि हो भन्दै भाईटिकामा अनुपस्थित हुने सबै चेलिबेटीलाई खबर गराउदा मलाई भएको असहजताको पुन आज कल्पना गर्दा अनायसै टोलाउन पुग्छु।
सबै सङ्ग आभारी छु।
एकान्तबासमा रहदा सुरुवात देखि ब्स्ने खाने ब्यवस्थापनमा गौतम जी,हेम जी,क्यान्टिनको दिदि,सुमन भाई,प्रबेश भान्जा लगायतले खेल्नु भएको भुमिका प्रति निशब्द छु।तिहार मनाउन सबै घरतिर लाग्नु भएपछि नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनका झापा रिपोटर्स क्रमश इन्द्र जित मुखिया र गणेशमान मुखिया दाई ,मित्र पुजन घिमिरेको भाई सुजन घिमिरे र मेरो बैनि ज्वाईले घरबाट पकाएर म सम्म ल्याएको खाना,सुप,फलफुल,चिया आदि आदि …… आहा …..सम्झिदै पनि जिब्रोमा पानी आउछ।
सलकपुर घरबाट आपा,ममि,श्रीमति,दाई मदन आफ्नाआफन्त र साथिभाई को बाराम्बार मोबाइलमा स्वाथ्य प्रतिको चिन्ता भाब र स्नेह मिसिएको मलिन स्वर कानमा गुन्जिदा आत्मबल थप मज्बुत भएको आभाष हुनथियो।
मेरो दाई मदन स्याङ्बोले -“आइजा भाइ सलकपुर नै ,म ब्यवस्थापन गर्छु,ताजाताज खानेखुरा बनाएर खुवाएर तलाई ५ दिन जाति बनाउछु” भन्नु भएको आवज कानमा गुन्जिदा मेरो जस्तै दाई सबैले पाउन भनि कामना गरिरहन्थे।
इन्द्रजित मुखिया दाइले राति ११/१२ बजे र बिहानै ५ बजे झ्यालमा आएर -“सुबास कस्तो छ?” भनि बोलाएको स्नेह पुर्ण भाबको आवजले आजपनि झस्कि रहन्छु।
काठमाडौबाट कुन्जन दाई र शेखर दाईले बारम्बार एक्लो महषुस नहोस भनि टेलिफोन,भिडियो कल मार्फत सुझाब,हौसला र कोरोना सम्बन्धि जानकारी मुलक बिषयहरु कुरा गरीरहदा आनन्द महशुस हुने गर्थ्यो।
रोङ गाउपालिका अध्यक्ष ज्युले ल्याउनु भएको कागति अनि प्रत्यक्ष उपस्थित भएर दिनु भएको सल्लाह,सुझाब र हौसलाले मलाई उर्जा भरेको स्मरण गर्न चाहान्छु। अनि उपाध्यक्ष ज्युले बाराम्बार फोन गरी एक्लो महशुस नगर्नुहोस साथमा हामि छौ भन्दै दिनुभएको हौसला मेरो ममिको स्नेहको महशुस गरेको छु।
फेसबुक,म्यासेन्जर,टेलिफोन मार्फत आएको शिघ्र स्वास्थ्यलाभ को कामना को सन्देशले थप हौसला पुराएको स्मरण गर्न चाहान्छु।
मेचिअञ्चल कोभिड अस्पताल इन्चार्ज डा. गोबिन्द कडेल ज्युले फोन मार्फत निरन्तर दिनुभएको परामर्श अनि आवस्यक परे खबर गर्नुहोस हामि यहा ब्यवस्थापन गर्छौ भनि दिनुभएको “आट”एउटा शक्तिशाली औषधिको रुपमा पाएको महषुस गरेको थिए।
चन्द्रगडि निवासि दाई चिरञ्जीवी नेपाल दाईले आफै फार्मेसीमा गएर खरिद गरि पठाउनु भएको औषधि औषधि मात्र होइन थियो।स्नेह,आत्मियता,हौसला समेत थपिएको महाऔषधि थियो जसको कारण कोरोना आफै डरायो।
सलकपुरबाट आदरणीय दाई टंक थापा मार्फत गुरुले पठाउनु भएको आयुर्वेदिक औषधि खाए पछिको सुधारले हाम्रो डाडा पाखाको जडिबुटीको महत्त्व र सम्भावनाको बिषयमा सरकारले प्रबर्द्धनात्क भुमिका खेल्न जरुरी ठानेको छु।
नेपालीको आचरण
हातमा ५० हजारको मोबाइल,३ लाखको बाइक/२० लाख माथिको सानो गाडि,५ हजार माथिको जुत्ता,महङ्गो पहिरन,घडि, सुनचादि,बेलुका होटलमा बिदेशि रक्सिको साथमा अनि ५००/१००० टिप्स दिने – अनि सरकारले २००० को पिसिआर निशुल्क गरेन भनेर सामाजिक संजालमा कुर्लिने/कराउने।
मेचिअस्पतालमा निशुल्क पिसिआर गराउन उपस्थित नागरिक ९०% सुकिलामुकिला तर सशुल्कमा गराउने कन्काईमा ९०% निम्न बर्गका मानिसको अनुहारको दृश्यले मन छोयो।मैले दुइपटकमा रु ४०००/- तिरेर कोरोना टेस्ट गराए।
“सक्नेले सशुल्क र नसक्नेले निशुल्क” सरकारको निर्णयको कार्यन्वयन गर्दै देशको ढल्न लागेको अर्थतन्त्र थाम्ने कोशिस योग्य नेपालीहरुले गर्ने दिन आयो कि?
कोशिस त गरौ।
नेपाल सरकारले जारि गरेको मापदण्ड सबैले पालना गरौ।न्युनतम कर्तव्य पुरा गरौ।यो महामारी संकटको घडीमा सरकारलाई कहाँ कति सहयोग गर्न सकियो महशुस गरौ।
जहिले सरकार कोरोना नियन्त्रणमा असफल भयो भनेर मात्र हुन्न।
यो रोग सङ्ग भिडेर भन्दा पनि तर्केर गयौ भने परास्त गर्न सकिन्छ जुन कार्यको लागि कुनै बजेट आवस्यक पर्दैन।
नागरिकको तर्फबाट खेल्नु पर्ने भुमिकामा कन्जुस्याइँ नगरौ।तर राज्य संयन्त्रले खेल्नु पर्ने भुमिकाको कमिकम्जोरिको सभ्य भाषामा खबदारी पनि गरौ।
Move your mouse to view the photo in 3D
Suraj Pradhan, Ranjit Prasai and 562 others
219 Comments
1 Share
Like
Comment







