झापाको बिर्तामोड-७ मा अवस्थित कञ्चन इङ्लिस स्कुलमा तिहार तथा छठ विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ
कञ्चन बाल क्लबका कार्यवाहक अध्यक्ष उत्सव वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.७ का वडाअध्यक्ष कृष्ण अभिरल खरेल रहेका थिए ।
बालबालिकालाई साहित्य, कला संगीतसँगै संस्कृति र चाडपर्व, रितिरिवाजलाई जोड्न कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक दिपक चम्लागाईले बताए । विद्यालयले प्रत्येक चाडवाडको बारेमा बालबालिकाहरुलाई जानकारी दिन विभिन्न कार्यक्रम गर्दै आएको उनले बताएका छन् ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्य लक्षीमा खतिवडा, वडा सचिव प्रबिन पौड्याल लगायतको आतिथ्यता रहेको थियो ।
स्कुलका फाउण्डर डिल्लीराम चम्लागाईंले मन्तब्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन नेस्मा खातुन, अनिशा रिजाल, सरोज ढुङाना र प्रेक्षा भट्टराईले गरेका थिए ।







