विरता रिर्डसको आयोजनामा साहित्य पत्रकारिता सम्बन्धी लेखन कार्यशाला इलामको रोङ गाउँपालिकामा सम्पन्न भएको छ ।
पर्यटनलाई साहित्यसँग जोड्ने उद्देश्यले झापाबाट पर्यटकको नयाँ गन्तव्यस्थल किराँत पार्कसम्म सम्मको यात्रा तय गर्दै उक्त स्थानमा लेखन कार्यशालाको आयोजना गरीएको हो ।
साहित्य पत्रकार मञ्च र झापाली साहित्य समाजको सहकार्यमा आयोजित कार्यशालामा झापाका पत्रकार, साहित्यकार र लेखकहरुको बाक्लो उपस्थिती रहेको थियो । विरता रिर्डस किताब मेला यात्रा १ नाम दिइएको भ्रमणमा साहित्यमा प्रकृतिको सम्बन्ध, साहित्यमा आवश्यक शब्द र अलङकारको चयन, भाषिक शुद्वता, साहित्य पत्रकारितामा पत्रकारको उर्जापूर्ण सहभागिता, लेखनशैलीको सिद्वान्तपूर्ण समावेशिता लगायतका विविध विषयमा कार्यशाला गोष्ठीमा छलफल भएको भएको थियो ।
लेखन कार्यशालाका प्रशिक्षक साहित्यकार तथा पत्रकार सन्तोष आर्चायले पत्रकारिता हतारीएको साहित्य हो भनेर उम्कन नपाउने बताए । उनले साहित्य र जिवनको अन्तर सम्बन्ध रहको बताएका थिए । आर्चायले जिवन वर्तमानको चालक र विगत इतिहासको चित्रण रहेको प्रकाश पारेका थिए ।
त्यस्तै मेरो रेडियोका प्रबन्ध निर्दैशक तथा लेखक कुमार भट्टराईले साहित्य लेखनको विधी प्रगतिशिलका साहित्य का सन्र्दभमा प्रकाश पारेका थिए ।
प्रशिक्षणका अर्का प्रशिक्षक कार्यक्रमका संयोजक तथा लेखक पत्रकार तिर्थ सिग्देलले साहित्यलाई पर्यटनसँग जोड्दै साहित्य पत्रकारितामा कलम चलाउन चाहनेहरुका लागि लेखन कार्यशाला कोशेढुङगा सावित भएको बताएका थिए । उनले साहित्य पत्रकार मञ्च, झापाली साहित्य समाज र रोङ गाँउपालिकाका अध्यक्ष मणिकुमार तामाङलाई सहकार्य र सहजीकरणमा पु¥याएको भुमिका प्रति विशेष धन्यवाद व्यक्त गरेका थिए ।
लेखन कार्यशालामा झापाली साहित्य समाजका अध्यक्ष हरि बराल, साहित्यकार खेम गौतम,गजलकार विवेक निशानी, पत्रकार तथा रेडियो मन्त्रका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला, लिमलाइट एजुकेशनका प्रबन्ध निर्देशक टेकनाथ वाग्ले दिपक, पाठक मुकुन्द शिवाकोटी, कृष्ण ढुङगाना, विरता रिर्डसका सह-संयोजक केशव मैनाली, इजलास दैनिकका सम्पादक प्रदिप परियार, बिर्तामोड झापा अन्लाइनका सम्पादक टिकाराम बाँस्तोला, मेरो रेडियोका दिपक ढुङगाना, सुर्योदय टि भीका संवादाता देब बाँस्कोटा, टेलिभिजनका पत्रकार रविकिरण बान्तवा, पर्दा सञ्चार डटकमका सञ्चालक एकराज प्रधान, रेडियो साथीका स्टेशन मेनेजर सुरज प्रधान तथा कार्यक्रम प्रस्तोता विनोद राजवशीं लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन सचिव भरत प्रसाईंले गरेका थिए ।







