झापाकाे शिवसताक्षी नगरपालिका स्थित दुधे शिवगञ्ज सडक खण्डमा माेटरसाइकलकाे ठक्करबाट एक महिलाको मृत्यु भएकाे छ ।
हिजाे साँझ शिवसताक्षी ११ कि ७५ वर्षीया विष्णुमाया विष्टलाई प्रदेश १–०३–० ०१प ४१५९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बिष्टलाई उपचारका लागि तत्काल बिर्तामोड स्थित बिएण्डसी अस्पताल बिर्तामोड पुर्याइएकाे थियो । उनको उपचारका क्रममा आज बिहान करिब १०ः३० बजे मृत्यु भएको परिवार श्राेतले जनाएकाे छ ।
ठक्कर दिने मोटरसाइकल चालक गौरीगञ्जका प्रेमकुमार राजवंशीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।
Advertisement







