आदर्श माध्यमिक विद्यालय बुद्धशान्तिका शिक्षक योगेन्द्रमणी दाहालले छोराको जन्मदिनको अवसरमा विद्यालयलाई किताब हस्तान्तरण गरेका छन् ।
शिक्षक दाहालले छोरा प्रभास दाहालको जन्मदिनको अवसरमा १५ हजार रुपैँयाभन्दा बढीको किताब प्रदान गरेका हुन् ।
छोराको जन्मदिन केही दिन अगाडी भएता पनि विर्ता रिडर्सले आयोजना गरेको किताब मेलाको अवसर पारेर उनले बिहीबार किताब हस्तान्तरण गरेका छन् ।
Advertisement
दाहालले साहित्यिक, इतिहास भूगोलसँग जोडिएका किताब प्रदान गरेका हुन् । बालबालिकाले पनि यस्ता विविध विषयमा जानकारी हुनुपर्छ भन्ने उद्देश्यले पुस्तक हस्तन्तरण गरेको उनले बताए ।
विद्यालयले शिक्षक दाहालले गरेको कार्यप्रति प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेको छ ।







