झापाको बिर्तामोड स्थित न्युटन्स् एजुकेशन एकाडेमीका विद्यार्थी संस्कार भट्टराई र नेपाल एपीएफ स्कुल किर्तिपुरका विवेकानन्द कुशवा जीटीटीपी अनुसन्धानमा भाग लिन स्पेन जाने भएका छन् ।
टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूटले आयोजना गरेको रिसर्च रिपोर्ट प्रस्तुतीमा देशभरिका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरुलाई पछि गर्दै विजेता बनेका संस्कार र विवेकानन्द बुधबार भएको अन्तरवार्तामा छनोट भएसँगै स्पेन जाने भएका टीआरटिआईका अध्यक्ष मदनकुमार बराल जानकारी दिए ।
जीटीटीपी अनुसन्धान सम्मेलन आगामी नोभेम्बर आगामी नोभेम्बर १० देखि नोभेम्बर १४ सम्म स्पेन (म्याड्रिड)मा हुने न्युटन्स् क्लबका संयोजक पवित्रा पौडेलले बताएकी छन् ।
पर्यटनबाटै समृद्धि भन्ने मुल नाराका साथ सन २०२१ मा स्थापित टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूटले स्थापनाकालदेखि नै नेपालको पर्यटन विकासका लागि विविध कार्यक्रमहरु गर्दै आइरहेको छ ।
नेपालको पर्यटनको प्रभावकारी प्रवर्धन र विकास लागि विद्यालय तहबाटै विद्यार्थीहरुमा पर्यटन र यसको महत्वबारे जानकारी गराउदै पर्यटन सचेतना जार्गृत गराउन आवश्यक रहेको महसुस संस्थाले नेपाल टुरिजम बोर्ड, यूएनडिपी एसटिएलआरपी प्रोजेक्ट तथा जीटीटीपीसँगको सहकार्यमा देशभर १४५ वटा स्कुल तथा ट्राभल टुरिजम कलेजहरुमा ११ सदस्यीय सस्टेनेवल टुरिजम क्लबहरुको गठन गरिसकेको छ ।







