झापाको बिर्तामोड स्थित न्युटन्स् एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूटले नेशनल टुरिजम कन्फरेन्स २०२४ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा न्युट्न्सलाई सम्मान पत्रसहित अवार्ड प्रदान गरेको हो ।
उक्त अवार्ड न्युटन्स् क्लबका संयोजक पवित्रा पौडेलले ग्रहण गरेकी थिइन् ।
देशभर गठित National Sustainable Tourism Club (NSTC) हरुमध्येबाट वार्षिक क्यालेन्डर अनुसार इन्स्टिच्यूटले विविध कार्यक्रमहरु गर्दै सक्रिय रहेका क्लब मध्येबाट न्युट्न्स छनोट भएको थियो ।
त्यस्तै भरतपुरमा रहेको मदरलेन्ड सेकेन्डरी स्कुल द मोष्ट एक्टिभ क्लब अफ द इएर २०२४ बाट सम्मानित भएको छ ।
स्थानीय क्षेत्रमा पर्यटकिय सम्भावना भएका ठाउँको पहिचान गरी तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यापर्यटनलाई प्रबर्द्धन गर्दै बिकासको क्रममा जोड्न मद्दत पुग्ने भएकाले क्लबका बालबालिकालाई पर्यटनको विषयमा बुझाउन क्लब सक्रिय रूपमा लागि परेको छ ।
त्यसैगरी रिसर्च रिपोर्ट प्रस्तुतीमा न्युट्न्सका संस्कार भट्टराई र नेपाल एपीएफका स्कुल किर्तिपुरका विवेकानन्द प्रथम भएका छन् ।
देशभरिका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरुलाई पछि गर्दै संस्कार र विवेकानन्द स्पेनमा आयोजना हुन् प्रतियोगिताको छनोटको नजिक पुगेका छन् । बुधबार हुने अन्तरवार्ताबाट दुईजना मध्येबाट एकजना छनोट हुने जनाइएको छ ।
त्यस्तै रिसर्च रिपोर्ट प्रस्तुती प्रतियोगितामा न्युटन्सकै श्रेयसी कार्कीको जोडी दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।








